काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने भएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाईने भएको हो ।
फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै 'हाम्रो रंगशालामा मेरो कुर्सी' नामक अभियानको थालनी गर्दै उक्त जानकारी गराएको हो ।
तर, आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउण्डेशनलाई सहयोग गर्नु पर्नेछ ।
फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो ।
फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको छ ।
पछिल्लो समय फाउण्डेशनलाई आर्थिक अभाव झेल्नु परेको छ ।
यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।