धनगढी । शारदा विद्या निकेतनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको पहिलो खेलमा लिटल बुद्ध एकेडेमीलाई २६ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।
उसका लागि दिनेश ओडले सर्वाधिक ९२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै अर्जुन साउदले २५ रन जोड्दा विराट सेवाले १६ रन बनाए ।
लिटलका सागर भण्डारीले ३ तथा सागर थापाले २ विकेट लिए ।
शारदाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लिटलले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।
उसका लागि रोयल बमले अविजित रहदै ४६ रन बनाए । आयुष्मान बम र सागर भण्डारीले २०/२० रन जोडे ।
शारदाका दीपक रोकायाले ३ विकेट लिए ।
खेलमा शारदाका दिनेश ओडले प्लेयर अफ द म्याच चुनिए ।
शनिबारबाट सुरु प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
विजेताले १ लाख २० हजार पाउने छन् ।
त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् ।
उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् ।