काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने भएका हुन् ।
लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो ।
राशिद दुई खेल खेलेर राष्ट्रिय टिमको तयारीका लागि दुबई आएका छन् ।
पीएसएल लिग खेल्न सन्दीप आज कराँची प्रस्थान गरेका छन् ।
सन्दीप कतारको दोहा हुँदै कराँची पुग्ने छन् ।
सन्दीपले यस अघि लाहोरबाटै खेलेका थिए ।
तर, सन्दीप पछिल्लो दुई सिजन ड्राफ्टमा अनसोल्ड भएका थिए ।
यस वर्षको लागि भएको ड्राफ्टमा सन्दीप, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी परेका थिए ।