एजेन्सी । पाकिस्तानी क्रिकेटर उमर अकमलमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ ।
खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) ले अकमलको प्रतिबन्ध ६ महिना घटाएसँगै उनि क्रिकेटमा फर्कन योग्य भएका हुन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले गत बैशाखमा अकमललाई क्रिकेटमा तीन वर्षको प्रतिबन्ध लगाएको थियो ।
तर, पाकिस्तानको सर्वोच्च अदालतले अकमलको प्रतिबन्धलाई घटाएको थियो । त्यसपछि उनको प्रतिबन्ध १८ महिनामा झरेको थियो ।
यस्तै अकमलले १८ महिने प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कासमा अपिल गरेका थिए ।
कासले २९ वर्षीय अकमलको प्रतिबन्ध १२ मा घटाएको थियो । कासको निर्णयसँगै अकमल क्रिकेटमा फर्कन योग्य भएका हुन् ।
पीसीबीले ब्याट्सम्यान अकमललाई म्याच फिक्सिङको आरोपमा प्रतिबन्ध गरेको थियो । फिक्सिङको लागि आएको प्रस्तावको रिपोर्ट नगरेको भन्दै बोर्डले उनलाई प्रतिबन्ध गरेको हो ।
अकमलले पाकिस्तानका लागि १६ टेष्ट, १ सय २१ एकदिवसीय र ८४ टी-ट्वान्टी खेलेका छन् ।