काठमाडौं । एभरफन बाल बाटिका क्रिकेट लिग बीसीएल दोस्रो सिजनको उपाधि लम्किको गुरुकुलले जितेको छ ।
बर्दगोरियामा बिहिबार भएको उपाधि भिडन्तमा आइएमइ टिकापुरलाई हराउँदै गुरुकुलको उपाधि उचालेको हो ।
उपाधि सहित गुरुकुलले १ लाख १५ हजार रुपैयाँ सहित ट्रफी हात पार्यो । उपविजेता टिकापुरले ५७ हजार ५ सय रुपैयाँ प्राप्त गर्यो ।
फाईनल खेलमा गुरुकुलले १० रनको रोमाञ्चक जित दर्ता गर्यो ।
पहिले ब्याटिङ्ग गरेको गुरुकुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय बनाएको थियो ।
जानु कस्गरले ३ छक्का र १ चौकाको मदतले ३८ बलमा ३१ रन बनाएका थिए ।
१ सय १ को लक्ष्य सहित मैदान उत्रिएको आइएमइ टिकापुर ५ बल अगावै ९० रनमा समेटियो ।
गुरुकुललाई उपाधि जिताउन संगम विष्टले ४ विकेट लिए । उनी म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी बनेका गुरुकुलका जानु कस्गरले २१ हजार रुपैयाँ हात पारे ।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बालबाटिकाका नरेन्द्र साउद र उदयीमान खेलाडी गुरुकुलका बिपिन बम बने ।