बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'ए' डिभिजनमा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा बिहीबार लुम्बिनी खुकुरीले एमसीसीलाई २ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको एमसीसीले ३८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएको थियो ।
एमसीसीका मोइन खानले अविजित रहदै सर्वाधिक ३० रन बनाए । विजय प्रजापतिले २२ रन जोडे ।
लुम्बिनीका अजय लुनियाले ३ विकेट लिए ।
जवाफमा लुम्बिनीले ३७ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
लुम्बिनीका सन्दीप रजालीले सर्वाधिक ४० रन जोडे । अन्तिम थापाले अविजित ३३ रन जोडे ।
एमसीसीका सन्तोष यादवले ३ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।