एजेन्सी । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा घरेलु टिम भारत अलआउट भएको छ ।
अहमदाबादमा टेस्टको दोस्रो दिन बिहीबार भारत १ सय ४५ रन जोड्दा अलआउट भएको हो ।
पहिलो इनिङ्समा भारतले ३३ रनको अग्रता बनाएको छ ।
भारतका लागि रोहित शर्माले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान विराट कोहलीले २७ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा आउट भए ।
सुबमन गिल ११ रनमा आउट हुँदा इशान्त शर्मा १० रनमा अविजित रहे ।
भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डका जोय रुटले ८ रन खर्चिएर ५ विकेट लिए ।
ज्याक लिचले ४ विकेट लिए ।
यस अघि इंग्ल्यान्ड पहिलो इनिङ्समा १ सय १२ रन जोड्दा अलआउट भएको थियो ।
इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
भारतका अक्षर पटेलले ६ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।
दुई टिमबीचको चार खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।