काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल राजर्षी गुरुकुल विद्यालयको खेलकुद सल्लाहकार नियुक्त भएका छन् ।
भक्तपुर सल्लाघारीमा रहेको गुरुकुलले बिहीबार कप्तान मल्ललाई एक वर्षको लागि खेलकुद सल्लाहकारमा नियुक्त गरेको हो ।
गुरुकुलका अध्यक्ष राजेश चौधरी र मल्लले सम्झौता पत्रमा हस्ताक्षर पत्रमा हस्ताक्षर गरे ।
विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको गुरुकुलले खेलकुदलाई पनि पाठ्यक्रमको अभिन्न अंगको रुपमा अघि बढाउने योजनासहित मल्ललाई खेलकुद सल्लाहकार नियुक्त गरेको हो ।
सन् २०१२ मा स्थापना भएको गुरुकुलमा कक्षा–१२ सम्म अध्ययन हुँदै आएको छ ।