एजेन्सी । घरेलु टिम भारतविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्ड अलआउट भएको छ ।
अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो दिनमै १ सय १२ रन जोड्दा अलआउट भएको हो ।
इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
भारतका अक्षर पटेलले ६ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।
दुई टिमबीचको चार खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।