एजेन्सी । भारतीय बलर इशान्त शर्माले करियरको १०० औं टेस्ट खेल पूरा गरेका छन् ।
अहमदाबादमा इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा मैदान उत्रदै शर्माले करियरको १०० औं टेस्ट पूरा गरेका हुन् ।
३२ वर्षे शर्मा १०० औं टेस्टको कोशेढुंगा पूरा गर्ने चौंथो भारतीय बलर हुने छन् ।
यस अघि अनिल कुम्बले, कपिल देव र हरभजन सिंहले १०० टेस्ट खेल खेलेका छन् ।
शर्माले इंग्ल्यान्डविरुद्धको खेलमै ३ सय टेस्ट विकेटको कोशेढुंगा पूरा गरेका थिए ।
सरदार पटेल स्टेडियममा इंग्ल्यान्डविरुद्ध भारतले बलिङ गरिरहेको छ ।
इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
दुई टिमबीचको चार खेलको टेस्ट १-१ को बराबरीमा रहेको छ ।