डी मारियाले बार्सिलोनाविरुद्धको खेल गुमाउने
२०२१ फेब्रुअरी १०, बुधबारखेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अट्याकिङ मिडफिल्डर एन्जल डी मारियाले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटको कारण डी मारियाले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेल गुमाउने भएका हुन् ।
पीएसजी र बार्सिलोनाबीचको पहिलो लेग खेल फेब्रुअरी १६ मा हुनेछ । खेल बार्सिलोनाको मैदानमा हुनेछ ।
'डी मारिया क्याम्प नाउको भ्रमणमा हुने छैनन्,' मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले भनेका छन् ।
डी मारियाले फ्रेन्च लिग वान अन्तर्गत मार्सेलीसँगको खेलमा चोट बोकेका थिए ।
जुन खेल पीएसजीले २-० ले जितेको थियो ।
उनलाई 'थाई मसल इन्जुरी' भएको बताईएको छ ।
३२ वर्षीय मिडफिल्डर पीएसजीको मुख्य खेलाडीमा पर्छन् ।
तर, अर्जेन्टाइन डी मारियाले चोट बोकेपछि पीएसजीलाई समस्या थपिएको छ ।