महिला लिग : एपीएफलाई चन्द्रपुरको चुनौती
२०२१ फेब्रुअरी १०, बुधबारखेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
जारी महिला लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ ।
चन्द्रपुरलाई हराएर एपीएफ उपाधि होड थप बलियो बनाउन चाहन्छ ।
यता, चन्द्रपुर भने एपीएफविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ ।
चन्द्रपुर एपीएफलाई पहिलो हार चखाउने योजनामा हुनेछ ।
तर,चन्द्रपुरलाई एपीएफलाई हराउँन सहज भने हुने छैन ।
चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ ।
चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।