कतारमा बिक्रमको सफल शल्यक्रिया
मंगलबार, माघ २०, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामाको खुट्टाको सफल शल्यक्रिया भएको छ ।
थ्री स्टार क्लबका कप्तान समेत रहेका लामाको कतारस्थित अस्पेटार अस्पतालमा सफल शल्यक्रिया भएको हो ।
थ्री स्टार क्लबले सामाजिक संजालबाट बिक्रमको शल्यक्रिया सफल भएको जनाएको छ ।
बिक्रमको दुई वर्ष अघि दाहिने खुट्टा भाचिएको थियो । त्यसपछि उनको खुट्टामा सपोर्ट राखिएको थियो ।
त्यहिँ सपोर्टमा समस्या आएपछि उनको फेरी शल्यक्रिया गरिएको हो । शल्यक्रिया ९० मिनेट चलेको थियो ।
बिक्रम अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा शल्यक्रियाको लागि कतार गएका हुन् ।
बिक्रमसंगै फरवार्ड विमल घर्ति मगर पनि कतार गएका थिए ।
विमलको शल्यक्रिया केहि दिन पछि गरिने छ ।










%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)
