सावित्राको गोलमा एपीएफलाई अग्रता
शनिबार, माघ १७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफ र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० को अग्रता बनाएको छ ।
खेलको १३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाईन् ।
प्रतियोगितामा सावित्राको यो ११ औं गोल हो ।
आज एपीएफ लगातार पाँचौं जितको खोजीमा हुनेछ ।
एपीएफ ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
वालिङ दोस्रो जितको खोजीमा रहेको छ ।
वालिङ ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
क्यामरुनी खेलाडीको साथ पाएको वालिङ एपीएफलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

