युनाईटेडका लिंगार्ड वेस्ट ह्याममा
शनिबार, माघ १७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर जेसे लिंगार्ड वेस्ट ह्याममा अनुबन्धित भएका छन् ।
लिंगार्डलाई युनाईटेडले लोनमा वेस्ट ह्याम पठाएको हो ।
यस सिजनको अन्तिमसम्मका लागि लिंगार्ड वेस्ट ह्याममा अनुबन्धित भएका हुन् ।
इंग्ल्यान्डका मिडफिल्डर लिंगार्डले यस सिजन युनाईटेडको प्लेईङ सेटमा स्थान बनाउन सकिरहेका थिएनन् ।
उनले यस सिजन मात्र ३ लिग खेल खेलेका थिए ।
लिंगार्डले युनाईटेडका लागि कुल २ सय १० खेलमा ३३ गोल गरेका छन् ।
वेस्ट ह्याममा अनुबन्धित भएपछि २८ वर्षीय लिंगार्डले जीवनको नयाँ अध्याय सुरु भएको बताए ।
'म निकै उत्साहित छु । यो मेरो जीवनको अर्को अध्याय हो,' उनले भनेका छन् ।
युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्सायारले लिंगार्ड परिपक्क भएर फर्कनेमा बिश्वस्त रहेको बताए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


