ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज (बुधबार) माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
साफ च्याम्पियनसिपमा नेपालका लागि माल्दिभ्स नौलो प्रतिद्वन्द्वी हैन । तर, नेपालको सधै तगारो बन्ने प्रतिद्वन्द्वी हो माल्दिभ्स । किनकी नेपालले माल्दिभ्सविरुद्ध खराब इतिहास बनाएको छ ।
नेपालले साफमा हराउन नसकेको राष्ट्र हो माल्दिभ्स । तर, पछिल्लो समय माल्दिभ्सको फुटबल निकै खस्किएको छ । समूह चरणको प्रदर्शन समेत माल्दिभ्सको उच्च देखिएको थिएन् ।
समग्रमा नेपाल माल्दिभ्सविरुद्ध जित कम हार बढीको स्थितिमा रहेको छ । नेपालले हालसम्म माल्दिभ्सविरुद्ध १५ खेल खेलेको छ । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ७ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २० गोल खाएको छ ।
यस्तै साफमा नेपालले माल्दिभ्ससंग ६ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी खेल्दा ४ हार बेहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खाएको छ ।
हालसम्म नेपालले माल्दिभ्सविरुद्ध कहिले र कहाँ प्रतिस्पर्धा गर्यो ?
सन् १९८४ सेप्टेम्बर २१ : नेपाल ४ – ० ले विजयी (दक्षिण एसियाली खेलकुद, साग गेम्स)
सन् १९८९ अक्टोबर २० : गोलरहित बराबरी (साग गेम्स)
सन् १९९१ डिसेम्बर २४ : नेपाल ० -१ माल्दिभ्स (साग गेम्स)
सन् १९९५ डिसेम्बर १९ : नेपाल १ – ० माल्दिभ्स (मैत्रीपूर्ण)
सन् १९९८ अक्टोबर २० : नेपाल ० – ० माल्दिभ्स (साग गेम्स )
सन् १९९९ अप्रिल २७ : नेपाल २ – ३ माल्दिभ्स (साफ च्याम्पियनसिप )
सन् १९९९ मे १ : नेपाल ० -२ माल्दिभ्स (साफ च्याम्पियनसिप)
सन् १९९९ अक्टोबर २ : नेपाल २ – १ माल्दिभ्स (साग गेम्स)
सन् २००३ जनवरी १५ : नेपाल २ – ३ माल्दिभ्स (साफ च्याम्पियनसिप)
सन् २००८ जनवरी ५ : नेपाल १ – ४ माल्दिभ्स (साफ च्याम्पियनसिप )
सन् २००९ डिसेम्बर ५ : नेपाल १ – १ माल्दिभ्स (साफ च्याम्पियनसिप )
सन् २०११ डिसेम्बर २ : नेपाल १ – १ माल्दिभ्स (साफ च्याम्पियनसिप )
सन् २०१२ मार्च १० : नेपाल ० – १ माल्दिभ्स (एएफसी च्यालेन्ज कप)
सन् २०१२ अगष्ट २३ : नेपाल १ – २ माल्दिभ्स (मैत्रीपूर्ण)
सन् २०१६ : नेपाल ४ – १ माल्दिभ्स (बंगबन्धु गोल्डकप)
माल्दिभ्सविरुद्ध गोल गर्ने नेपाली खेलाडी :
हरि खड्का – ४ गोल
नवयुग श्रेष्ठ – ३ गोल
गणेश थापा – २ गोल
जुमनु राई – २ गोल
रुपक राज शर्मा – १ गोल
कृष्ण थापा – १ गोल
नरेश जोशी – १ गोल
निराजन राइमाझी – १ गोल
देव नारायण चौधरी – १ गोल
विशन गौचन – १ गोल
सन्दीप राई – १ गोल
विशाल – राई १ गोल