ढाका । नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला साफ च्याम्पियनसिप खेल्न बंगलादेशमा रहेका छन् ।
ढाकास्थित बंगबन्धु रंगशालामा नेपालले आज (बुधबार) सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दैछ ।
बंगलादेशमा रहेका नेपाली टोलीका अधिकांस सदस्य नयाँ पुस्ताका छन् । पुराना पुस्ताका खेलाडी निकै कम छ ।
हाल साफ टोलीमा रहेका सदस्यमध्ये चार खेलाडीले मात्र नेपालबाट ५० क्याप पुरा गरेका छन् । जसमा कप्तान विराज महर्जन, भरत, खवास, किरण चेम्जोङ र रोहित चन्द रहेका छन् ।
कप्तान विराजले यसै साफबाट सर्वाधिक क्याप खेल्ने नेपाली खेलाडीको कीर्तिमान बनाए । उनले पुर्व कप्तान राजुकाजी शाक्यको कीर्तिमान तोडेका थिए ।
भरतले यसै प्रतियोगिताबाट ५० क्याप खेल्ने नेपाली खेलाडीको सूचीमा आफ्नो नाम लेखाए ।
कसको कति क्याप ?
विराज महर्जन – ६९
किरण लिम्बु - ५४
रोहित चन्द – ५३
भरत खवास – ५०
निराजन खड्का – ३१
विमल घर्ती मगर – २९
अन्जन विष्ट – २५
नवयुग श्रेष्ठ – १९