बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'नेपाललाई इतिहास रच्ने अवसर'

मंगलबार, २६ भाद्र २०७५खेलपाटी संवाददाता
'नेपाललाई इतिहास रच्ने अवसर'
Loading ad...
mustang rice ad

ढाका । दक्षिण एसियाली राष्ट्रको फुटबल स्तर समान मानिन्छ । यी राष्ट्रबीचको फुटबल अन्तर धेरै फरक पाइन्न ।

पछिल्लो समय भारतले अन्य राष्ट्रको तुलनामा धेरै सुधार गरेको छ । अर्थात् भारतले फुटबलमा एक प्रकारको छलाङ नै मारेको छ । त्यसको मापन हो, 'साफ च्याम्पियनसिप' ।

दक्षिण एसियाली राष्ट्रको लागि साफ च्याम्पियनसिप 'विश्वकप' जस्तै हो । र, साफमा भारतले जति अन्य राष्ट्रले उपाधि जित्न सकेको छैन । उपाधिमा अन्य राष्ट्र भारत नजिक पुग्नै सकेको छैन । साफमा भारतले मात्र ७ पटक कब्जा जमाईसकेको छ ।

नेपाल साफ फुटबलमा सधै दाबेदार राष्ट्र मानिन्छ । तर, नतिजा सधै त्यसको विपरित आउने गर्छ । नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । उपाधि मात्र हैन साफको ११ औं संस्करण सकिदा सेमिफाइनलको यात्रा गर्नु नै नेपालको ठुलो उपलब्धि रहेको छ ।

यस्तोमा बंगलादेशको ढाकामा जारी १२ औं साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । नेपालको यो चौथो सेमिफाइनल यात्रा हो । र, पहिलो सेमिफाइनलमा नेपालले बुधबार माल्दिभ्ससंग खेल्दैछ ।

बंगबन्धु रंगशालामा बुधबार माल्दिभ्सविरुद्ध मैदान उत्रदा नेपाली फुटबलका लागि ऐतिहासिक दिन बन्न सक्नेछ । माल्दिभ्सविरुद्ध जित हात पारे साफको इतिहासमा नेपालले पहिलोपटक फाइनलमा स्थान बनाउनेछ । तर, त्यसका लागि नेपालले आफुलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।

'मेरो टिम, खेलाडीको ध्यान भोलिको सेमिफाइनल खेलमा छ । भोलि सारा नेपालीलाई खुसी दिलाउने छौं,' माल्दिभ्ससंगको खेलअघि राष्ट्रिय टोलीका प्रशिक्षक बाल गोपाल महर्जन आत्मविश्वासी देखिए । उनले भने, 'अहिलेसम्म हात पार्न नसकेको सफलता भोली हात पार्नेछौं ।'

प्रशिक्षक महर्जन आत्मविश्वासी देखिनुको कारण थियो - नेपाली टोलीले समूह चरणमा गरेको प्रदर्शन । समूह चरणमा नेपालले आफुलाई प्रमाणित गरेको थियो । पहिलो खेलमा पराजयको बाबजुत लगातार दुई खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको सफल भएको थियो ।

पहिलो खेलमा नेपाल पाकिस्तानसंग २ – १ ले पराजित भएको थियो । तर, भुटानलाई ४ – ० र बंगलादेशलाई २ – ० ले हराएर नेपाल समूह विजेता बनेको थियो । जुन पुनरागमन सफलता नेपाली फुटबलले कमै प्राप्त गर्ने गर्छन् ।

समूह चरणको प्रदर्शनले हौसिएको नेपाल माल्दिभ्स विरुद्ध आफ्नो लयलाई कायम राख्न चाहन्छ । तर, नेपाललाई सहज भने पक्कै हुनेछैन । साफको इतिहासले त्यसै भन्छ ।

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध खराब इतिहास बनाएको छ ।  नेपालले साफमा हराउन नसकेको राष्ट्र हो माल्दिभ्स । तर, पछिल्लो समय माल्दिभ्सको फुटबल निकै खस्किएको छ । समूह चरणको प्रदर्शन समेत माल्दिभ्सको उच्च देखिएको थिएन् ।

समग्रमा हेर्दा पनि नेपाल माल्दिभ्सविरुद्ध जित कम हार बढीको स्थितिमा रहेको छ ।  नेपालले हालसम्म माल्दिभ्सविरुद्ध १५ खेल खेलेको छ । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ७ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २० गोल खाएको छ ।

यस्तै साफमा नेपालले माल्दिभ्ससंग ६ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी खेल्दा ४ हार बेहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खाएको छ ।

तर, नेपाली टोलीका प्रशिक्षक महर्जन पुरानो इतिहास नहेर्ने पक्षमा छन् । प्रशिक्षक महर्जन नयाँ इतिहास बनाउन चाहन्छन् । नेपाल माल्दिभ्सविरुद्धको जितबिहिन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

सन् २०१६ को बंगबन्धु गोल्डकपलाई लक्षित गर्दै प्रशिक्षक महर्जनले भने 'विगतको नतिजा के भयो, त्यसमा नजाउ । पछिल्लो समय हामी माल्दिभ्समाथि हाबी छौं । हामीले पछिल्लो दुई बर्षको नतिजामा ध्यान दिनुपर्छ ।'

नेपालले माल्दिभ्सलाई पछिल्लो पटक बंगबन्धु गोल्डकपमा ४ – १ ले हराएको थियो । नेपालले बुधबार प्रतिस्पर्धा गर्ने मैदानमै माल्दिभ्सलाई हराएको थियो । नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए भने विशाल राईको नाममा एक गोल रहेको थियो । त्यसबेला नेपालले उपाधि नै जितेको थियो ।

नेपाल बुधबार दुई बर्षअघिको नतिजा कायम राख्ने लक्ष्यमा हुनेछ । नेपाल आफुलाई प्रमाणित गर्न चाहन्छ । नेपाल एक नयाँ इतिहास कोर्न चाहन्छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार