एभर्टन एफए कपको चौंथो चरणमा

एजेन्सी । एभर्टन एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा च्याम्पियनसिप क्लब रोथरहम युनाईटेडलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले चौंथो चरणमा स्थान बनाएको हो ।
एभर्टनको जितमा सेन्क टोसुन र अब्दुलाए डुकुरेले एक एक गोल गरे । रोथरहमका म्याथ्यु ओलोसुन्डेले एक गोल फर्काए ।
घरेलु मैदानमा टुसनको गोलबाट नवौं मिनेटमा एभर्टनले अग्रता बनाएको थियो ।
तर,५६ औं मिनेटमा रोथरहमका म्याथ्युले गोल गरेपछि निर्धारित समय १-१ गोलको बराबरी सकियो ।
त्यसपछि थप गरिएको अतिरिक्त समयमा एभर्टनका डुकुरे नायक बने ।
थप गरिएको तेस्रो मिनेटमा डुकुरेले गोल गर्दै एभर्टनलाई २-१ को जित दिलाए ।
यस्तै च्याम्पियनसिप क्लब नर्विच सिटीले कोभेन्ट्री सिटीलाई २-० ले हराएर चौंथो चरणको यात्रा तय गरेको छ । नटिंगघम फोरेस्ट, मिल्वाल,लुटोन टाउन पनि चौंथो चरणमा पुगेका छन् ।