किरण आबद्द पन्जाबको विजयी सुरुवात
२०२१ जनवरी ९, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा एजवाल एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।
पन्जाबको जितमा प्रितम सिंहले निर्णायक गोल गरे । उनले खेलको १९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
एजवालविरुद्ध किरणले पुरै समय मैदानमा बिताएका थिए । उनले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
किरणले लगातार दोस्रो सिजन पन्जाबबाट खेलिरहेका हुन् ।
त्यसअघि किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।