काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको लागि प्रदेश-१ ले प्रारम्भिक चरणको खेलाडी छनोट गरेको छ । प्रदेश-१ ले प्रतियोगिताको लागि प्रारम्भिक चरणमा २२ सदस्सीय टिमको घोषणा गरेको हो ।
प्रदेश-१ ले घोषणा गरेको टिममा सिदान्त लोहनी, फिर्दोस अंसारी, दीपक पासवान, राजन मगर, सुवनकार उराउ, मिनास थापा, दिपेश कँडेल, श्रवन यादव, मनोज तामाङ र प्रवेश कमाती रहेका छन् ।
यस्तै आशिष श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, नितय कडोरिया, सुजन थपलिया, जोसक खड्का, राकेश सोनी, सोनु मण्डल, सरोज बस्नेत, गौरव कटवाल, विवेक मेहेता, प्रजोल खत्री र हेमन राई रहेका छन् ।
पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।