सेभेन 'ए' साइट फुटबल आजबाट
२०२१ जनवरी ९, शनिबारखेलपाटी संवाददाता

चितवन । चितवनको नारायणीमा सेभेन 'ए' साइट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नारायणी एकता क्लबको आयोजनामा हुने प्रतियोगिता आजबाट सुरु हुनेछ ।
नारायणी नदिको किनारमा हुने प्रतियोगिता माघ २ सम्म चल्नेछ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् ।