काठमाडौं । प्रधानमन्त्री कप (पियम) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै पियम कप माघ २ गतेबाट सुरु हुने जनाएको छ ।
टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने छ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।
समूह 'बी' मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो दिन एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।
समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।
क्यानले पुरस्कार राशी भने खुलाएको छैन ।
खेल तालिका -