वुमन्स सुपर लिगको दुई खेल स्थगित
शुक्रबार, २४ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डको वुमन्स सुपर लिग फुटबल अन्तर्गत शनिबार तय भएको दुई खेल स्थगित भएको छ ।
खेलाडीमा कोरोना देखिएपछि म्यानचेस्टर सिटी र आर्सनलले खेल्ने दुई खेल स्थगित भएको हो ।
लिगमा सिटीले घरेलु मैदानमा वेस्ट ह्यामसँग खेल्ने तालिका रहेको थियो ।
तर, सिटीका चार खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित भएको हो ।
यस्तै आर्सनलले एस्टन भिल्लासँग खेल्ने तालिका थियो ।
आर्सनलका एक खेलाडी कोरोना देखिएपछि यस खेल समेत स्थगित गरिएको हो ।
सुपर लिगले स्थगित दुई खेलको नयाँ मिति क्लबसँगको छलफलपछि सार्वजनिक गर्ने बताएको छ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)