ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको नेपाली फुटबल टोलीले सोमबार अभ्यास गरेका छ।
सेमिफाइनलमा माल्दिभ्ससंगको खेलअघि नेपाली टोलीले सोमबार बिहान अन्तिम तयारी स्वरूप प्रशिक्षण गरेका हो । नेपाली टोलीले ढाकास्थित शेख जमल क्लबको मैदानमा अभ्यास गरेको हो ।
साफको पहिलो सेमिफाइनलको रुपमा नेपालले बुधबार माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । साफमा नेपालले यो चौथोपटक सेमिफाइनलको यात्रा तय गरेको हो ।
बंगबन्धु रंगशालामा जारी च्याम्पियनसिपमा नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । माल्दिभ्स समूह 'बि' को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको हो ।
यस्तै अर्को सेमिफाइनलमा भारतले पाकिस्तानको समान गर्नेछ ।