युनाईटेडले भित्र्यायो १८ वर्षीय विंगर
बिहिबार, २३ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ ।
युनाईटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका विंगरसँग युनाईटेडले साढे चार वर्षको सम्झौता गरेको छ ।
सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाईटेडमा रहने छन् ।
यस्तै डियालोलाई युनाईटेडले थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ ।
डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन् । उनले एक गोल समेत गरेका छन् ।
गत वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

