शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'साफ जित्न नेपाललाई गार्हो छैन'

सोमबार, भदौ २५, २०७५नमीन ढकाल
'साफ जित्न नेपाललाई गार्हो छैन'
Classic Tech Internet Ad

काठमाडौं । साफ च्याम्पियनसिपको १२ औं संस्करण बंगलादेश जारी छ । ढाकास्थित बंगबन्धु रंगशालामा जारी च्याम्पियनसिपको सेमिफाइनल पुग्ने चार टोलीको समेत तय भईसकेको छ ।

साफको यस संस्करणमा नेपालसहित भारत, पाकिस्तान र माल्दिभ्सले सेमिफाइनलको यात्रा तय गरेका छन् । साफको उपाधि जीत्न नसकेको नेपालले चौथो पटक सेमिफाइनलमा स्थान बनाएको हो । अब नेपालले सेमिफाइनलमा माल्दिभ्ससंग बुधबार खेल्दैछ ।

साफको सेमिफाइनलमा स्थान बनाउन नेपालले समूह चरणमा निकै कठिन चुनौती पार गर्नुपरेको थियो । पहिलो खेलमा पराजित भएरपनि नेपालले लगातार दुई खेल्दै जित्दै अन्तिम चारको टिकट काट्न सफल भएको हो ।

यसै साफको विषयमा प्रशिक्षक तथा विश्लेषक मेघराज केसीसंग नेपालको प्रदर्शन र अबको यात्राबारे विश्लेषण गरेका छन् । खेलपाटी डटकमका रमेश सुवेदीसंगको कुराकानीले प्रशिक्षक केसीले प्रशिक्षकको रणनीति सफल भएको कारण सेमिफाइनल यात्रा तय भएको बताए । यस्तै उनले नेपाली खेलाडीले आफ्नो खुबीअनुसार प्रदर्शन गर्न सके उपाधि जितेर फर्कने बताए ।

प्रशिक्षक केसी के भन्छन् ? उनकै शब्दमा :

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसंग खेल्यो । पहिलो खेलमा नेपालले जुन प्रकारको प्रदर्शन गर्नुपर्ने हो त्यो प्रदर्शन गर्न सकेन । पाकिस्तानले पनि त्यति राम्रो प्रदर्शन गर्न सकेको त हैन तर पाकिस्तान भाग्यमानी रह्यो, पाकिस्तानले जित्यो ।

नेपालको दोस्रो खेल भुटानसंग थियो ।  भुटानसंग नेपालको राम्रो प्रदर्शन थियो । अर्को नेपाललाई के सजिलो थियो भने, पाकिस्तानसंग भएको गल्ती सुधार्ने मौका पनि भयो । भुटानसंग मिश्रित खेल खेलेपनि  नतिजा राम्रो आयो ।

तेस्रो खेलमा बंगलादेशसंग 'गर या मर' को स्थितिमा थियो नेपाल । बराबरी मात्रै भएपनि नेपालको सेमिफाइनल पुग्ने संभावना कम थियो । त्यसैले नेपाली खेलाडीहरु सबैले आफ्नो १०० प्रतिशत नै दिएर खेल्नुपर्ने थियो । नेपाली खेलाडीले त्यसअनुसार नै प्रदर्शन गरे ।

त्यसमा प्रशिक्षकको रणनिति पनि सफल भयो । प्रशिक्षकले सहि समयमा सहि निर्णयहरु गरे । खेलाडी परिवर्तन पनि ठिक समयमा गरे । बंगलादेशविरुद्ध उसैको घरेलु मैदानमा खेल्न खेलाडीलाई पनि कठिन थियो । तर, खेलाडीहरुले आफ्नो ब्यालेन्स टिम एकचोटि पनि बिगारेनन् ।  त्यसैले बंगलादेश एउटा पनि मुमेन्ट राम्रो बनाउन सकेन । नेपालविरुद्ध अट्याक गर्न पनि सकेन । नेपालले भने राम्रो खेलेर नतिजा राम्रो ल्यायो । र, नेपाल दोस्रो चरणमा पुग्न सफल भयो ।

साच्चीकै भत्रुपर्दा नेपालको फुटबलमा जुन खुबी छ, त्यो खुबी खेलाडीहरुले मैदानमा देखाए भने यसपटक साफ च्याम्पियसिप जित्न नेपाललाई गार्हो छैन । तर, आफुसंग भएको क्षमता १०० प्रतिशत खेलाडीले दिन सक्नुपर्यो ।

हाम्रो समूहमा जुन चार टिम छ ।  नेपालसहित पाकिस्तान, बंगलादेश र भुटानमध्ये सबैभन्दा तल्लो स्तरको टिम भुटान हो । भुटानले पहिलाको भन्दा केहि प्रगति गरेको छ । तर, साफ राष्ट्रमा उसको त्यो प्रदर्शनले अहिले भ्याउदैन । त्यसले अन्य तीन टिमले भुटानलाई हराउने त भैहाल्यो ।

पाकिस्तानसंगको पहिलो खेलमा नेपालको टिम सेटनै राम्रो हुन पाएन । र, नेपालले आफ्नो वास्तविक  प्रदर्शन गर्न सकेन । त्यहिँ कारण नेपालले पाकिस्तानसंग हार बेहोरेको हो । किनकि पछिल्ला दुई खेलमा नेपालले जस्तो प्रदर्शन गर्यो पाकिस्तानसंग नेपालको त्यस्तो खेल थिएन ।

यति हो कि भुटान अन्य टिम भन्दा तल्लो स्तरको टोलि छ । अन्य तीन टोलीको खेल उस्तै छ । तर,  पाकिस्तान र बंगलादेशभन्दा नेपालको स्तर राम्रो छ । अहिले भएका टिमका खेलाडीलाई राम्रो तरिकाले सेट गरेर खेलाउन सके टिम राम्रो बन्नेछ । पाकिस्तानसंगको खेलमा हाम्रो टिम सेट हुनै पाएन । भुटान र बंगलादेशसंग नेपालले पहिलो खेलको त्रुटीहरु सुधार्ने मौका पायो ।

नेपाल अहिले जारी साफको उपाधि जित्न सक्षम छ । तर, सक्षम छ भनेर मुखले मात्रै भनेर भएन । मैदानमा पनि त्यहिँ अनुसारको आफ्नो वास्तविक प्रदर्शन गर्न सक्नुपर्छ ।

नेपालको सुरुवाती प्लेइङ सेट पर्फेक्ट बनाउनु पर्छ । पाकिस्तानविरुद्ध नेपालको प्लेइङ सेट पर्फेक्ट थिएन । त्यहाँ गल्ती भएको छ । पाकिस्तानविरुद्ध खेलाडीको पोजिसन नै परिवर्तन गरेर खेलाईएको थियो । एकै चोटि त्यो लेभलको प्रतियोगितामा सेट पर्फेक्ट नराख्दा पोजिसनहरु परिवर्तन गर्दा खेल्न गार्हो हुन्छ ।

बंगलादेशसंगको खेलमा पर्फेक्ट सेट बनाईएको थियो । डिफेन्सलाई ब्यालेन्स डिफेन्समा राख्नुपर्छ ।  मिडफिल्डलाई मिडफिल्डमा र स्ट्राइकरलाई स्ट्राइकरमा मजबुत बनाएर राख्नुपर्छ । खेलमा जहिले आफुले एट्याक गर्दा स्ट्राइकरलाई मिडफिल्डरले सपोर्ट गर्नु पर्छ, मिडफिल्डरलाई डिफेन्सले सहयोग गर्नुपर्छ ।

त्यस्तै प्रतिद्वन्द्वीसंग बल रहदा, उनीहरुले अट्याक गर्दा डिफेन्स ब्यालेन्समा बस्नुपर्छ । डिफेन्सलाई मिडफिल्डरले तल झरेर सहयोग गर्नुपर्छ । मिडफिल्डर तल झरेपछि स्ट्राइकर तल झरेर मिडफिल्डरलाई सहयोग गर्नुपर्छ ।

सेमिफाइनलमा नेपालले माल्दिभ्ससंग खेल्नेछ । माल्दिभ्स र श्रीलंका जो आएपनि उनीहरु र हाम्रो स्तर बराबरी हो । यी टोलीविरुद्ध नेपालले सुखद नतिजा निकाल्न सक्छ ।

त्यस्तै भारतसंग नेपालले प्रतिस्पर्धा गर्नु परे पनि उसले आफ्नो सिनियर टिम पठाएको छैन । तर, भारत कमजोर टिम छैन । सिनियर टिम जतिको खेलाडी नभएता पनि उसको खेलाडीहरु राम्रा छन् । तर, नेपालले आफ्नो वास्तविक खेल खेल्यो भने सेमिफाइनलमा जित निकाल्न गार्हो छैन ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

मार्टिनेजलाई बाहिर राख्दै अर्जेन्टिनाको टोली घोषणा

काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य