एट्लेटिको कोपा डेल रेबाट बाहिरियो
बिहिबार, २३ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । ला लिगाको लिडर एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलबाट बाहिरिएको छ ।
बुधबार राति भएको दोस्रो चरणमा तेस्रो डिभिजन क्लब यूडी कोर्नेलासँग १-० ले पराजित हुँदै एट्लेटिको बाहिरिएको हो ।
घरेलु मैदानमा कोर्नेलालाई जित दिलाउन एड्रिन जेमिनेजले निर्णयक गोल गरे ।
खेलको सातौं मिनेटमा जेमिनेजले गोल गरेका थिए ।
यस्तै खेलको दोस्रो हाफमा एट्लेटिको मड्रिड १० खेलाडीमा सिमित भएको थियो ।
खेलको ६३ औं मिनेट एट्लेटिकोका रिचार्ड सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।
यससँगै एट्लेटिको लगातार दोस्रो सिजन तेस्रो डिभिजन क्लबसँग पराजित भएको छ ।
गत सिजन पनि एट्लेटिको कल्चरल लियोनेसासँग पराजित भएको थियो ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

