युनाईटेडलाई हराउँदै सिटी फाइनलमा
बिहिबार, २३ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।
ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।
टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

