सिटीका ३ जनालाई कोरोना
बुधबार, २२ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका २ खेलाडीसहित ३ जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिटीले बुधबार खेलाडी र स्टाफ गरी ३ जनालाई कोरोना देखिएको जनाएको छ ।
सिटीले गोलकिपर स्कट कार्सन र मिडफिल्डर कोल पाल्मेरलाई कोरोना देखिएको जनाएको छ ।
कोरोना संक्रमित स्टाफको नाम भने सिटीले खुलाएको छैन ।
कोरोना देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
काराबाओ कप (इएफएल) फुटबलको सेमिफाइनल खेल अघि सिटीका खेलाडीमा कोरोना देखिएको हो ।
सिटीले दोस्रो सेमिफाइनलमा आज म्यानचेस्टर युनाईटेडसँग उसैको मैदानमा खेल्दैछ ।
यस खेलको विजेताले फाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

