ढाका । साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाललाई हराएर फाइनलमा प्रवेश गर्ने माल्दिभ्स राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सेग्रेट पिटरले बताएका छन् ।
समूह 'बि' को उपविजेता बनेपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक पिटरले नेपाललाई आश्चर्यमा बनाएर फाइनलमा पुग्ने बताए ।
पिटरले भने, 'नेपाल बलियो टिम हो, नेपाल सेमिफाइनलमा पुग्न योग्य टिम हो । आज हामी भाग्यमानी रह्यौ । नेपाललाई आश्चर्यमा पार्दै अघि बढ्ने छौ ।'
आइतबार भएको समूह चरणको अन्तिम खेलमा भारतसंग पराजित भएपनि माल्दिभ्स टसमा विजयी बन्दै सेमिफाइनलमा पुगेको थियो ।श्रीलंकासंग १ - १ अंक भएपछि उपविजेता टोलीको तय टसबाट गरिएको थियो ।
यस्तै प्रशिक्षक पिटरले नेपालको संस्कृतिको प्रसंसा गर्दै नेपाल घुम्न जाने इच्छा भएको बताए । 'नेपालीहरु विशेष छन् । नेपालीको संस्कृति निकै रामो छ । म नेपाल घुम्न चाहन्छु,' प्रशिक्षक पिटरले भने ।