न्युकासलविरुद्ध लेष्टरको जित
आइतबार, १९ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लेष्टरले न्युकासल युनाईटेडविरुद्ध २-१ गोल अन्तरको जित निकालेको हो ।
न्युकासलको मैदानमा लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एक एक गोल गरे ।
न्युकासलका एन्डी कारोलले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए ।
खेलको ७२ औं मिनेटमा युरीले गोल गर्दै लेष्टरलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा एन्डीले एक गोल फर्काएपनि लेष्टर २-१ ले विजयी भयो ।
जितसँगै लेष्टरले १७ खेलमा ३२ अंक जोडेको छ ।
लेष्टर तेस्रो स्थानमा रहेको छ ।
न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।






-1764163211372.jpg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)

