ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले माल्दिभ्ससंग खेल्ने भएको छ ।
आइतबार समूह चरणको अन्तिम खेलपछि टस (गोलापर्था) बाट माल्दिभ्स समूह 'बि' को उपविजेता बनेपछि नेपालले सेमिफाइनलमा माल्दिभ्ससंग खेल्ने भएको हो ।
आइतबार माल्दिभ्सलाई २ - ० ले हराएर भारत समूह 'बि' को विजेता बनेको थियो । तर, यो समूहमा रहेको माल्दिभ्स र श्रीलंकाको समान १ - १ अंक भएपछि उपविजेता टोली टसबाट तय गरिएको थियो । खेलको म्याच कमिन्सरले टस गर्दा माल्दिभ्सले टस जितेको थियो ।
अब नेपालले फाइनल प्रवेशको लागि माल्दिभ्ससंग बुधबार खेल्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ ।
यस्तै अर्को सेमिफाइनलमा भारतले पाकिस्तानसंग खेल्नेछ । दोस्रो सेमिफाइनल बुधबार बेलुका हुनेछ ।
भारत समूह 'बि' को विजेता बनेको थियो भने पाकिस्तान समूह 'ए' को उपविजेता बनेको थियो ।