काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाईनल खेल आज (आईतबार) हुँदैछ ।
उपाधिका लागि प्रदेश नम्बर एक र विभागीय टिम एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।
दाङ्गको लमहीमा जारी प्रतियोगिताको फाईनल खेल बिहान साढे ११ बजे सुरु गर्ने तालिका रहेको छ ।
विभागीय टिम एपीएफले सुदुरपश्चिम र प्रदेश नम्बर एकले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडी सम्मिलित एपीएफको कप्तानी सिता राना मगरले गरेकी छिन् । प्रदेश नम्बर एकको नेतृत्व राष्ट्रिय महिल टिमकी कप्तान रुबिना क्षेत्रीले गरेकी छिन् ।
एपीएफ र प्रदेश १ समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेका थिए । दुवै टिम प्रतियोगिता अपराजित रहेका छन् ।
दुवै टिम फाईनल खेलमा जित निकाल्दै उपाधि जित्ने दाउमा छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालित प्रतियोगितामा ७ प्रदेश सहित १ विभागीय टिम सहभागी रहेका छन् ।