एजेन्सी । भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मासहित पाँच खेलाडी आईसोलेसनमा बस्नु परेको छ ।
कोरोना भाईरसको बायो सेक्युरिटीको प्रोटोकल भङ्ग गरेपछि रोहितसहित पाँच खेलाडीलाई आईसोलेसनमा पठाईएको हो ।
आईसोलेसनमा पठाईएको अन्य खेलाडीमा ऋषब पन्त, शुबमन गिल, पृथ्वी श र नाभदिप शैनी रहेका छन् ।
नयाँ वर्षको दिन कोरोना प्रोटोकल तोडेर मेलबर्नको होटल बाहिर गएर खानेकुरा खाएको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई आईसोलेसनमा पठाइएको हो ।
क्रिकेट अष्ट्रेलिया र बीसीसीआईले यसबारे अनुसन्धान भईरहेको जनाएको छ ।
यस्तै उनीहरुलाई टिमका अन्य सदस्यहरुसँग सामुहिक अभ्यासको अनुमति दिइएको छैन । तर, उनीहरुले एकल अभ्यास भने गर्न पाउने बताईएको छ ।
भारतीय टिम हाल अष्ट्रेलिया भ्रमणमा रहेका छन् ।
भारतले चार खेलको टेस्ट सिरिज खेलिरहेको छ ।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।
पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो ।
तेस्रो टेस्ट जनवरी ७ मा सुरु हुनेछ ।