एजेन्सी । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईका अध्यक्ष सौरभ गांगुली अस्पताल भर्ना भएका छन् ।
हृदयघातको कारण गांगुली शनिबार कोलकत्ताको वुडल्याण्डस अस्पताल भर्ना भएका हुन् ।
बीसीसीसीआईका सचिव जय साहले गांगुली अस्पताल भर्ना भएको पुस्टि गरेका छन् ।
छातीमा समस्या देखिएपछि पूर्व कप्तान समेत रहेका उनलाई अस्पताल लागिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
अस्पतालले उनको अवस्था स्थिर रहेको जानकारी दिदै परिक्षण भईरहेको जनाएको छ ।
'उहाको अवस्था अहिले स्थिर छ । हामी जाँच गर्दैछौं कि यो दुखाई हृदय समस्याको कारणले हो कि होइन। उनको धेरै परीक्षणहरू गर्नु पर्छ,' अस्पतालले भनेको छ ।