काठमाडौं । प्रदेश नम्बर-१ दाङमा जारी प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश-१ उपाधि नजिक पुगेको हो ।
लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश-१ ले ८ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
प्रदेश-१ को लागि रुबिना क्षेत्रीले अविजित रहदै २६ रन जोडिन । यस्तै काजल श्रेष्ठ २२ रनमा अविजित रहिन् ।
यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन जोडेकी थिइन् । शर्मिला मगरले अविजित ७ रन जोड्दा अन्य ब्याट्सवुमनले खेल्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्न प्रदेश-१ की संगीता राई र निग्मा तामाङले २/२ विकेट लिईन ।
अब प्रदेश-१ ले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश क्रिकेट टिमलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ ।
फाइनल खेल आइतबार हुनेछ ।