काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले लामो समयबाट देखिएको पेश्की फर्छ्यौट गर्न सूचना निकालेको छ ।
क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै वर्तमान सदस्य, पूर्व सदस्य तथा अन्यलाई पेश्की फर्छ्यौट गर्न सूचना निकालेको हो ।
क्यानले संघको लेखापरिक्षणमा लामो समयबाट पेश्की देखिएको जानकारी गराउदै फर्छ्यौट गर्न अनुरोध गरेको हो ।
क्यानले पुस २४ गतेसम्म संघको कार्यालयमा आएर पेश्की फर्छ्यौट गर्न सकिने जनाएको छ ।
तर, क्यानले कति रकम फर्छ्यौट गर्न बाँकी रहेकोबारे केहि खुलाएको छैन ।
क्यानले यस अघि पनि पटक पटक पेश्की फर्छ्यौटको लागि सूचना निकाल्दै आएको छ ।