काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबर्ट हुरीकेन्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका छन् ।
होबर्टमा शनिबार मेलबर्न स्टार्सविरुद्ध सुरुवाती-११ मा पर्दै सन्दीपले हुरीकेन्सका लागि डेब्यु गरेका छन् ।
घरेलु मैदानमा मेलबर्नविरुद्ध खेल्ने टिममा सन्दीपलाई हुरीकेन्सले सुरुवाती-११ मा राखेको हो ।
मेलबर्न सन्दीपको पूर्व क्लब समेत हो । सन्दीपले दुई सिजन मेलबर्नबाट खेलेका थिए । दुई सिजनमा २१ खेल खेलेका सन्दीपले २६ विकेट लिएका थिए ।
यस सिजनका लागि हुरीकेन्समा आबद्द सन्दीपले अघिल्ला खेल खेलेका थिएनन् ।
अष्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिन बसेको कारण सन्दीपले सुरुवाती खेल गुमाएका हुन् ।