एजेन्सी । न्युजिल्याण्डका बलर नील वाग्नरले पाकिस्तानविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट गुमाउने भएका छन् ।
चोटका कारण वाग्नरले क्राइस्टचर्चमा हुने दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
३४ वर्षीय बलरको खुट्टाको औलामा चोट लागेको बताईएको छ ।
न्युजिल्याण्डले वाग्नरको स्थानमा माट हेन्रीलाई टिममा समावेश गरेको छ ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दोस्रो टेस्ट आइतबार सुरु हुनेछ ।
दुई खेलमा सिरिजमा न्युजिल्याण्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो ।
पहिलो टेस्टमा वाग्नरले ४ विकेट लिएका थिए ।