एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट खेल अघि भारतीय टिमलाई झट्का लागेको छ ।
पाहुना टोलीका तिव्र गतिका बलर उमेर यादव सिरिजबाट बाहिरिएका छन् ।
उनले सिरिजका बाँकी दुई खेल गुमाउनेछन् ।
३३ वर्षिया बलर अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टको तेस्रो दिनको खेलको दौरान खुट्टाको मांशपेशीमा चोट बोेकेका थिए ।
चोटका कारण भारतीय टिमलाई मोहमद शामी र इशान्त शर्माको अभाव खट्किरहेको छ । उमेशको चोटका कारण भारतीय टिममाथि थप दबाब बढेको छ ।
मेलबर्न टेष्टमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै भारतले सिरिज १–१ को बराबरी गरेको थियो ।
रोहित शर्माको आगमनले भारतीय टिमलाई राहत दिएको छ । उनी तेस्रो टेष्टमा भारतीय टिममा उपलब्ध हुनेछन् ।
तेस्रो टेष्ट जनवरी ७ मा सिड्नीमा हुनेछ ।