काठमाडौँ । महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत बिहीबार (आज) समुह चरणको अन्तिम खेल हुँदैछ ।
समुह 'बी' अन्तर्गत आज दुई खेल हुनेछ र सेमिफाइनल खेल्ने टोलीको टुङ्गाे लाग्नेछ ।
पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ । दुवै टोलीले २ खेल मध्य १ मा जित हात पारेका छन् । निर्णायक खेलमा जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
यस्तै, लमहीमा हुने दोस्रो खेलमा अपराजित प्रदेश १ ले गण्डकी प्रदेशसँग खेल्ने छ ।
प्रदेश १ समुह चरणमा अपराजित रहँदै समुह विजेताका साथ सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । उसले २ खेलमा ४ अंक जोड्दै सेमिफाइनल यात्रा बलियो बनाएको छ ।
गण्डकी प्रदेश भने २ खेलमा २ हार व्यहोर्दै पहिलो जितको खोजीमा रहेको छ । खेल १ बजे सुरु हुनेछ ।
समुह 'ए' बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् ।
समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
यस्तै, समुह बीमा सुदुरपस्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका