एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर टेष्टको लागि टिममा फर्किएका छन् ।
चोटका कारण पहिलो र दोस्रो टेष्ट गुमाएका वार्नर तेश्रो टेष्टको लागि उपलब्ध रहेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
भारतविरुद्धको टेष्ट सिरिजमा रहेको अष्ट्रेलियाले पहिलो टेष्टमा जित र दोस्रोमा हार ब्यहोरेको थियो ।
तेस्रो टेष्ट जनवरी ७ देखि सिड्नीमा सुरु हुनेछ ।
वार्नर भारतविरुद्धको एकदिवसीय सिरिजमा 'ग्रोइन इन्जुरी' को कारण मैदान बाहिर रहेका थिए ।
वार्नरले सिड्नी टेष्टको लागि मेलवर्नमा बिहिबार टोलीसंग सामेल हुनेछन् ।
डेभिड वार्नर चोटबाट बाहिर आउन कडा मेहनत गर्दै सफल भएको बताउँदै क्रिकेट अष्ट्रेलियाले तेस्रो टेष्ट छनोटको लागि तयार रहेको बताएको छ ।
अष्ट्रेलियाबाट खेल्दै आएका जो बर्न्स भने टोलीबाट रिलिज गरिएको छ ।
उनी बिग बास लिगमा ब्रिसबेन हिटबाट खेल्ने छन् ।