काठमाडौँ । महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले सुखद सुरुवात गरेको छ ।
समुह बीकाे पहिलाे खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले पराजित गरेकाे हाे ।
१ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ६ विकेट गुमाएर मात्र ४८ रन बनायो । उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
श्रृष्टी पौडेलले सर्वाधिक ८ रन बनाइन् ।
सुदुरपश्चिमकी सुनिता लुहारले २ तथा कबिता कुँवर, रितु कनुजिया र लक्ष्मी साउदले समान १-१ विकेट हात पारिन ।
यसअघि लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १९ ओभरमा ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएकाे थियो । उसकी रेवती धामीले सर्वाधिक २८ रन बनाइन् । यस्तै कप्तान बिन्दु रावल ले १३ तथा मन्जु बोगटीले १० रन जोडिन् ।
गण्डकीकी श्रृष्टी पौडेल र अलिसा लामिछानेले समान ३-३ विकेट लिए ।
दोस्रो खेलमा बागमती र प्रदेश १ बीच खेल हुनेछ ।
यसअघि समुह 'बी' बाट विभागीय टोली एपीएफ र लुम्बिनी सेमिफाइनल पुगिसकेका छन् ।