एजेन्सी । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट भारतको नियन्त्रणमा गएको देखिएको छ ।
मेलबर्नमा तेस्रो दिन शतक बनाएका आजिक्या रहाणे रन आउट भएकाे खेलमा भारतीय टिम पहिलो ईनिङ्समा ३ सय ३६ रनमा समेटियो ।
भारतीय कप्तानलाई मार्नस लाबुस्चगनेले रन आउट गरे । रविन्द्र जडेजाले ५७ रन बनाएर भारतीय टिमलाई साथ दिए ।
२ सय २७ रनमा ५ विकेट गुमाएर तेस्रो दिनको खेल थालेको भारतले ९९ रन जोड्न बाँकी विकेट गुमायो । रविचन्द्रन आश्विनले १३, उमेश यादवले ९ र जसप्रीत बुम्राहा शुन्य रनमा आउट भए ।
१ सय ३१ रनमा पछि परेर दोस्रो ईनिङ्स सुरु गरेको घरेलु टोली अष्ट्रेलियाले १ सय ३३ रन बनाउन ६ विकेट गुमाएको छ । उसले ६ विकेट गुमाएर दुई रनको अग्रता सहित तेस्रो दिनको खेलको समाप्तिको घोषणा गरेको छ ।
म्याथ्यु वेडले ४० र मार्नस लाबुस्चगनेले बनाएको २८ रननै सर्वाधिक स्कोर रह्यो । वेडलाई रविन्द्र जडेजाले बोल्ड गरे भने मार्नस आश्विनको बलमा रहाणेको हातबाट क्याच आउट भए । जोए बर्नस ४ रनमा उमेश यादवको बलमा आउट हुदाँ स्टिेभन स्मिथलाई ८ रनमा बुम्राहाले धरापमा पारे ।
ट्रभिस हेड १७ रनमा मोहमेद सिराजको बलमा आउट हुदाँ टिम पेनलाई जडेजाले ऋषभ पन्तको हातबाट पवेलियन फर्काए ।
तेस्रो दिनको समाप्तिमा खेल भारतको नियन्त्रणमा देखिएको छ । दोस्रो ईनिङ्समा अष्ट्रेलियाका मुख्य ब्याट्सम्यान सस्तैमा आउट भएका छन् । घरेलु टोली अष्ट्रेलियासंग चार विकेट बाँकी छ र मात्र दुई रनको अग्रता छ ।
पहिलो ईनिङ्समा अष्ट्रेलियाले १ सय ९५ रन बनाएको थियो । जवाफमा भारतले ३ सय २६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो ।
चार म्याचको टेष्ट सिरिजमा घरेलु टोली अष्ट्रेलिया १–० ले अघि छ ।