एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आईतबार दशकको उत्कृष्ट टिम देखि उत्कृष्ट व्यक्तिगत विधा सार्वजनिक गर्यो ।
आईसीसीले सन् २०१० देखि २०२० सम्मको प्रदर्शनको आधारमा उत्कृष्ट टिम तथा विभिन्न विधाका विजेता खेलाडीको नाम सार्वजनिक गरेको थियो ।
पाकिस्तानी पुर्व फास्ट बलर सोहेब अख्तरले आईसीसीले सार्वजनिक गरेको दशकको उत्कृष्ट टी–ट्वान्टी अन्तरष्ट्रिय टिममा असन्तुष्टि ब्यक्त गरेका छन् ।
अख्तरले दशकको टिममा असन्तुष्टी ब्यक्त गर्दै आईसीसीले दशकको उत्कृष्ट टिम नभएर दशकको उत्कृष्ट आईपीएल टिम घोषणा गरेको बताएका छन् ।
दशकको उत्कृष्ट टी–ट्वान्टी अन्तरष्ट्रिय टिममा पाकिस्तानका कुनै खेलाडी नपरेपछि अख्तरले आफ्नो असन्तुष्टि पोखेका हुन् ।
दशकको उत्कृष्ट टी–ट्वान्टी अन्तरष्ट्रिय टिममा भारतका ४, वेष्ट इण्डिजका २, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अफगानिस्तान र श्रीलंकाका १–१ खेलाडी समावेश छन् ।
आईसीसीको छनोट कमिटिले सार्वजनिक गरेको खेलाडीमा अख्तर खुसी देखिएनन् ।
अख्तर मुख्य तय पाकिस्तानका बाबर आजम टिममा नपर्नुमा रुष्ट देखिएका हुन् । लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका बाबर हाल आईसीसीको टी–ट्वान्टी वरियतामा दोश्रो स्थानमा रहेका छन् ।
अख्तरले आईसीसीलाई उद्धित गर्दै पाकिस्तान समेत आईसीसीको सदस्य रहेको बताए । उनले पाकिस्तानलाई आईसीसीको दशकको उत्कृष्ट टी–ट्वान्टी अन्तराष्ट्रिय टिममा पाकिस्तानी नरहेपछि यस टिमलाई आईपीएल टिम रहेको बताए ।
’मलाई लाग्छ आईसीसीले पाकिस्तान समेत उसको सदस्य हो र टी ट्वान्टी अन्तरष्ट्रिय खेल्छ भन्ने बिर्सियो । उसले हालको टी ट्वान्टीको उत्कृष्ट ब्याट्सम्यान बाबर आजमलाई टिममा समावेश गरेको छैन ।’ अख्तरले आफ्नो युटुबमा भने, ’आईसीसीले पाकिस्तानको कुनै खेलाडीलाई टिममा राखेन । हामीलाई तिमीहरुको टी–ट्वान्टी टिममा पर्नु छैन । किनकी तिमीहरुले दशकको आईपीएल टिम सार्वजनिक गरेका हाै, विश्वको हैन ।’
यस्तै, अख्तरले आईसीसी पैसाको पछि लागेको समेत आरोप लगाए ।