एजेन्सी । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारतीय टिम हाबी देखिएको छ ।
कार्यवहाक कप्तान आजिंक्या रहाणेको शतकीय ईनिङ्ससंगै दोस्रो दिनको खेलमा भारत पुरै हाबी रह्यो ।
मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलियाविरुद्ध कार्यवहाक कप्तान रहाणेले १ सय ४ रनको शतकिय ईनिङ्स खेल्दै घरेलु टोलीलाई दबाबमा राखे ।
३६ रनमा १ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको भारतले थप ४ विकेट गुमाएर २ सय ७७ रनमा दोस्रो दिनको खेल समाप्त गर्यो ।
मयाङ्ग अग्रवाल शुन्य रनमा आउट भएको खेलमा शुभमन गिलले ४५, चेतेश्वर पुजारा १७, हनुमा बिहानी २१ र ऋषभ पन्त २९ रनमा आउट भए । कप्तान रहाणे १ सय ४ र रविन्द्र जडेजा ४० रनमा अविजित छन् ।
प्याट कुमिन्सले २ विकेट लिदाँ मिचेल स्टार्चले दोस्रो दिन समेत एक विकेट लिए । नाथन लायोनले हनुमा बिहारीलाई स्मिथको हातबाट क्याच आउट गराए ।
दोस्रो दिनको खेल समाप्तिमा भारतले ८२ रनको अग्रता लिएको छ । पहिलो ईनिङ्समा घरेलु टोली अष्ट्रेलिया १ सय ९५ रनमा अल आउट बनेको थियो ।
चार म्याचको टेष्ट सिरिजमा अष्ट्रेलिया १–० ले अघि छ ।