काठमाडौं । बाल गोपाल महर्जन साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुर्याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।
बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाललाई सेमिफाइनलमा पुर्याउदै प्रशिक्षक महर्जनले उक्त कीर्तिमान बनाएका हुन् । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।
बंगलादेशविरुद्धको जितसंगै प्रशिक्षक महर्जन साफको सेमिफाइनल खेल्ने पहिलो नेपाली प्रशिक्षक बने । नेपालको साफमा यो चौथो सेमिफाइनल यात्रा हो । यस अघिको तीन संस्करणमा नेपाल विदेशी प्रशिक्षण रहदा सेमिफाइनलमा पुगेको थियो ।
सेमीफाइनल पुर्याउने यस अघिका प्रशिक्षकहरु-
१. टोर्टन फ्रांक स्प्लिटर (जर्मन )- सन् १९९९ गोवा
२. ग्राहम रोबर्ट्स (इंग्ल्यान्ड )- सन् २०११ दिल्ली
३. ज्याक स्टेफ़ोनोस्कि (पुर्टोरिको)- सन् २०१३ काठमाडौँ