एजेन्सी । अष्ट्रेलियाविरुद्ध टेष्ट क्रिकेटमा सबैभन्दा कम स्कोरमा समेटिएको भारतीय टिमका कप्तान बिराट कोहली आफ्नो टिमको खराब ब्याटिङ प्रर्दशनलाई सम्झिन नचाहेको बताउँछन् ।
उनले भारतीय टिमको प्रर्दशनलाई लिएर तिललाई पहाड नबनाउन समेत आग्रह गरेका छन् । उनले ब्याट्सम्यानले खेल ‘स्प्रिट’ देखाउन नसक्दा खराब नतिजा ब्यहोर्नु परेको बताए ।
‘मलाई लाग्दैन हामीले यस भन्दा नराम्रो ब्याटिङ्ग गरेका छौ । त्यसैले हामी यसबाट अघि मात्र बढ्न सक्छौ । र तपाई देख्न सक्नुहुन्छ, खेलाडी यस दिशामा कदम अघि बढाईरहेका छन् ।’ उनले भने ।
भारतीय टिमका कप्तानले पुरै टिमको बचाउ गर्न पुरै कोशिश गरेका थिए ।
‘ईमान्दारीपूर्वक म आफ्नो विचार राखु भने यो नसोचेको प्रर्दशन हो । बल धेरै कठिन थिएन तर हामीले खेलमा अघि जाने ‘स्प्रिट’नै देखाउन सकेनौ ।’
भारतीय टिम २१ दशमलव २ ओभरमा समेटिनेबारे उनले भने, ‘सबै कुरा यति छिटो भयो कि हामीले सम्झिनै पाएनौ ।’
सन् २०१८ को भ्रमणलाई बिर्सने हो भने भारतीय टिम अष्ट्रेलियाविरुद्ध निकै खराब प्रर्दशन गर्दै आएको छ । यस वर्ष न्युजिल्याण्डपछि छैटौ ईनिङ्समा समेत भारतीय टिम ठुलो स्कोर बनाउन असफल रह्यो । तर विराटले यसमा कुनै चिन्ता प्रकट गरेनन् ।
‘मलाई लाग्दैन, यो चिन्ताजनक हो । हामी यहाँ बसेर तिललाई पहाड बनाउन सक्छौ । तर यसलाई सही नजरबाट हेर्न आवश्यक छ । दक्षिण अफ्रिका, ईङ्ल्याण्ड, न्युजिल्याण्ड र अष्ट्रेलियामा लगभग १५ ईनिङ्समा भारतीय ब्याट्सम्यान सस्तैमा समेटिएको छ । तर म गलत छैन भने पछिल्ला ८, ९ वर्षमा मात्र ५ वा ६ पटक ब्याटिङ्ग बिग्रिएको बिषयमा कुरा भएको छ । यो धेरै पटक सम्भव छ । र हामीले आफ्नो गल्ती स्विकार गर्दै सुधार गर्ने विषयमा केन्द्रित हुनुपर्छ ।’
‘हामीले पर्याप्त क्रिकेट खेलेका छौ, विभिन्न चरणमा खेललाई बुझ्न सकियोस । यो मात्र तेस्रो दिनको योजनालाई सही तरिकाले मैदानमा उतार्ने विषयमा हो ।’ उनले भने, ‘हामी ९ विकेट लिएर मैदान उत्रियौं । हामीले धेरै राम्रो ब्याटिङ्ग गर्न पर्दथ्यो । मलाई लाग्दैन, कुनै मानसिक थकान थियो ।’