काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशबिरुद्ध गोल गरेका नेपालका नवयुग श्रेष्ठ म्यान अफ दी म्याच बनेका छन् । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका नवयुगले नेपालका लागि दोस्रो गोल गरेका थिए ।
उनकै गोलको मदतले नेपालले प्रतियोगिताको सेमिफाईनल सम्मको यात्रा तय गरेको थियो । नवयुगले धेरैपछि राष्ट्रिय टिमबाट गोल गरेका हुन् । साफको पहिलो खेलमा पाकिस्तानविरुद्ध सुरुवाती सेटमा खेलेका नवयुग तेस्रो खेलमा बेन्चमा खेलको सुरुवात गरेका थिए ।
प्रशिक्षक बालगाेपाल महर्जनले उनलाइ ७७ अाै मिनेटमा फरवार्ड भरत खवासकाे स्थानमा मैदान छिराएका थिए ।
म्यान अफ दी म्याच चुनिएपछि नवयुगले धेरैपछि गोल गर्न पाएकोमा खुसी ब्यक्त गरे । खेल गर वा मरको अवस्थामा रहेको बेलामा नेपालले राम्रो खेलेको उनको भनाई थियो ।